गुल्मीमा जिप दुर्घटना हुँदा तिन जनाको मृत्यु, सात जना घाइते

बुधबार साँझ गुल्मीमा जिप दुर्घटना हुदा तीन जनाको मृत्यु भएको छ। दुर्घटनामा परि अन्य सात जना घाइते भएका छन्।

गुल्मीको सदरमुकाम तम्घासबाट पराल्मीका लागि छुटेको लु१ज १९८८ नम्बरको जिप बुधबार साँझ ६ बजेतिर दुर्घटनामा परेको थियो। जिल्ला प्रहरी कार्यालय गुल्मिका अनुसार दुर्घटनामा २७ वर्षीया गोमा नेपाली, २८ वर्षीया शान्ति नेपाली र ४८ वर्षीय एकराज पोखरेलको मृत्यु भएको हो।

घटनास्थलमै एक जना र अन्य दुई महिलाको गुल्मी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक पुरुषोत्तम पाण्डेले जानकारी दिए।

जिपका चालक भरत पोखरेल घाइते छन्। चालक र जिपमा सवार अन्य ६ जना यात्रु गरी सात जना घाइते मध्ये पाँच जनाको गुल्मी अस्पताल उपचार भइरहेको र दुई जनालाई थप उपचारको लागि पाल्पा रिफर गरिएको प्रहरीले जनाएको छ।
 

प्रकाशित मिति: : 2021-02-18 06:22:00

प्रतिकृया दिनुहोस्