शाहरूख खानको नयाँ फिल्म  'डार्लिङ्स'मा आलिया सहकार्य गर्दै 

एजेन्सी

मुम्बई
File Photo
File Photo

शाहरुख खानको प्रोडक्सन हाउस रेड चिल्लीज इन्टरटेन्मेन्ट ब्यानरबाट तयार हुदै गरेको नयाँ फिल्म ‘डार्लिङ्स’मा अभिनेत्री आलिया भट्ट निश्चीत भएकी छन्।

बलिउड फिल्म ‘डियर जिन्दगी’को सहकार्य र सफलतापछि अभिनेता शाहरूख खान र अभिनेत्री आलिया भट्टले पुनः सहकार्य गर्न लागेका हुन्। बलिउड हंगामाका अनुसार ‘डार्लिङ्स’को पटकथा एक आमा छोरीको सेरोफेरोमा तयार भएको छ। जसमा आलिया मुख्य पात्रमा देखिनेछिन्।

पर्दामा शाहरूख भने देखिने छैनन्। शाहरूख फिल्ममा निर्माताको भूमिका निर्वाह गर्दैछन्। ‘डार्लिङ्स’बाट जसमीत के रिनले निर्देशकको रूपमा डेब्यू गर्दैछन्। उनले यसअघि सहायक निर्देशकका रूपमा भने अनुभव बटुलिसकेका छन्। 

प्रकाशित मिति: : 2021-02-18 08:05:00

प्रतिकृया दिनुहोस्