प्रत्येक वडा कार्यालय, विद्यालय र  घरघरमा इन्टरनेट पुर्याउने सरकारको योजना छः सञ्चारमन्त्री गुरुङ

रासस

काठमाडाै‌ं

सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले सरकारको आगामी नीति÷कार्यक्रम र बजेटमा पत्रकारिता क्षेत्रबाट समावेश गर्नुपर्ने विषयबारे सुझाव दिन आग्रह गरेका छन्।  

मन्त्रालयद्वारा आज आयोजित पत्रकारसँगको अन्तक्र्रियामा मन्त्री गुरुङले सञ्चार क्षेत्रमा देखिएका समस्या समाधान गर्न सरकार प्रतिबद्ध रहेको बताउँदै सुझावको माग गरेका हुन्।

सरकारका प्रवक्ता गुरुङले दूरसञ्चारमा देखिएका समस्याका कारण पनि दुर्गम जिल्लाका पत्रकारले समस्या भोग्नुपरेको विषयलाई जतिसक्दो चाँडो सम्बोधन गरिने प्रतिबद्धता व्यक्त गरे । उनले प्रत्येक वडा कार्यालय, विद्यालय र  घरघरमा इन्टरनेट पुर्याउने  सरकारको योजना सुनाए।

प्रकाशित मिति: : 2021-02-18 14:37:00

प्रतिकृया दिनुहोस्