टोटनह्यामको सहज जित

photo : UAFA
photo : UAFA

इंग्लिस क्लब टोटनह्यामले युरोपा लिगको अन्तिम ३२ को पहिलो लेगमा सहज जित हात पारेको छ।

 बिहीबार राति भएको खेलमा टोटनह्यामले अष्ट्रियन क्लब  उल्फवर्गलाई ४-१ गोलले पराजित गरेको हो।

टोटनह्यामका लागि सन ह्युङ मिन, लुकास मोउरा, ग्यारेथ बेल र  कार्लोस भेनिससले एक- एक गोल गरे।

यता उल्फवर्गका लागि एकमात्रै गोल मिचेल लिइन्डिलले गरेका थिए।

टोटनह्यामले खेलको १२औं मिनेटमा सनको गोलबाट अग्रता लिएको थियो। उनले बेलको पासमा गोल गरेका थिए।

२७औं मिनेटमा टोटनह्यामका बेलले अग्रता दोब्बर बनाए। ड्यानियल जेम्सको पासमा व्यक्तिगत तथा टोलीको लागि दोस्रो गोल गर्दै युनाइटेडलाई २–० ले अघि बढाए।

३२औं मिनेटमा लुकासले गोल गर्दै टोटनह्यामलाई ३-० को अग्रता दिलाए। 

तर खेलको ५४औं मिनेटमा मिचेलले  पेनाल्टीमार्फत गोल गर्दै उल्फवर्गलाई खेलमा फर्काउने संकेत देखाए।

८७ आैं मिनेटमा भेनिससले गोल गर्दै टोटनह्यामलाई ४–१ को सानदार जित दिलाए।

जितसँगै टोटनह्यामलेले युरोपा लिगको प्रि–क्वाटरफाइनल पुग्ने सम्भावना बलियो बनाएको छ। दोस्रो लेग टोटनह्यामको घरेलु मैदानमा हुनेछ।

प्रकाशित मिति: : 2021-02-19 07:02:00

प्रतिकृया दिनुहोस्