मिलान बराबरीमा रोकियो

photo : UAFA
photo : UAFA

इटालियन क्लब एसी मिलान युरोपा लिगको अन्तिम ३२ को पहिलो लेगमा बराबरीमा रोकिएको छ।

बिहीबार राति भएको खेलमा मिलान घरेलु टोली रेड स्टारसँग २-२ गोलमा रोकिएको हो।

घरेलु मैदानमा राडोभान पान्कोभको आत्मघाती गोलमार्फत मिलानले पहिलो हाफमा अग्रता बनाएको थियो। दोस्रो हाफ सुरु भएलगत्तै गुलोर कांगा काकुले पेनाल्टीमा गोल गरी खेल बराबरीमा ल्याए।

६१ औं मिनेटमा मिलानका लागि थियो हर्नान्डेजले गोल गरे । तर खेलमा इन्जुरी समयको अन्तिम मिनेटमा कांगाको पासमा पाभ्कोभले शानदार गोल गरेपछि खेल बराबरीमा सकियो।

प्रकाशित मिति: : 2021-02-19 07:28:00

प्रतिकृया दिनुहोस्