सङ्क्रमणकालीन न्यायको समाधान खोज्नुपर्छः परराष्ट्रमन्त्री ज्ञवाली

रासस

काठमाडाैं

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले  सङ्क्रमणकालीन न्यायका लागि शान्ति सम्झौताको भावना, अन्तर्राष्ट्रिय प्रतिबद्धता, सर्वोच्चको पैmसला, पीडितहरूको भावना र राजनीतिक यर्थाथतालाई ध्यानमा राखी समाधान खोज्नुपर्ने बताएका छन्।  

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा आज आयोजित ‘नेपाल मानव अधिकार वर्ष पुस्तक २०२१’ को विमोचन समारोहमा पीडितको सहज जीवन यापनका लागि आर्थिक, सामाजिक, सांस्कृतिक अधिकारको ख्याल गरेर समाधान खोज्न उनले आग्रह गरेका हुन्। 

सरकारले संसद् विघटन गर्नु ठीक नभए जस्तो देखिए पनि निर्वाचनको विकल्प नभएकाले राजनीतिक स्थिरता र मूल्य मान्यता स्थापित गरी राजनीतिक विकृतिको अन्त्य गर्न निर्वाचन मात्र समाधान भएको उनको भनाइ थियो। 
 
परराष्ट्रमन्त्री ज्ञवालीले संविधान र कानूनबाट मानव अधिकारको जबसम्म सुनिश्चितता हुँदैन तबसम्म मानव अधिकारको कार्यान्वयनमा सफलता हासिल गर्न सकिँदैन भन्ने उल्लेख गर्दै नेपालमा साधन स्रोतको अभाव भए पनि मानव अधिकारको पूर्ण प्रत्याभूति दिलाउन सरकार प्रतिबद्ध रहेको बताए।

प्रकाशित मिति: : 2021-02-19 21:13:00

प्रतिकृया दिनुहोस्