युभेन्ट्स लिगको तेस्रो स्थानमा उक्लियाे

बिएल संवाददाता

काठमाडाै‌ं
तस्वीर: युभेन्ट्स
तस्वीर: युभेन्ट्स

साविक विजेता युभेन्ट्सले  इटालियन सिरी 'ए' फुटबलमा सहज जित निकालेको छ। घरेलु मैदानमा सोमबार राति भएको खेलमा युभेन्ट्सले क्रोटोनलाई ३-० गोल अन्तरले पराजित गरेको छ।

युभेन्ट्सकाे जितमा क्रिस्टियानो रोनाल्डोले दुई तथा वेस्टन म्याकेनीले एक गोल गरे।

३८ औं मिनेटमा रोनाल्डोले गोल गर्दै युभेन्ट्सलाई अग्रता दिलाएका थिए।

पहिलो हाफको इन्जुरी समयमा रोनाल्डोले व्यक्तिगत दोस्रो गोल गरेपछि युभेन्ट्सले २-० को अग्रता बनायो।

६६ औं मिनेटमा वेस्टनले गोल गर्दै युभेन्ट्सलाई ३-० को जित दिलाए ।जितसँगै युभेन्ट्स २२ खेलमा ४५ अंक जोडेर लिगको तेस्रो स्थानमा उक्लिएको छ।

युभेन्ट्स शीर्ष स्थानको इन्टर मिलान भन्दा  ८ अंकले पछि छ । क्रोटोन १२ अंक जोडेर पुछारमा रहेको छ ।

प्रकाशित मिति: : 2021-02-23 07:42:00

प्रतिकृया दिनुहोस्