अब सुरु हुने अस्थिरताको खेलले प्रधानमन्त्रीको कदमको औचित्य पुष्टि गर्नेछ: शङ्कर पोखरेल

नेकपा ओली समूहका नेता एवम् लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले हिम्मत र धैर्यताका साथ अघि बढ्न आग्रह गरेका छन्। 

सर्वोच्च अदालतले मंगलबार प्रतिनिधिसभा पुनस्र्थापनाको फैसला लगत्तै ट्वीटरमा लेखेका छन्, ‘ सर्वोच्चको फैसलाबाट सुरु हुने अस्थिरताको खेलले प्रधानमन्त्रीको कदमको औचित्य पलपल पुष्टि गर्नेछ। हिम्मत र धैर्यताका साथ अघि बढौं।’

फैसलापछि प्रतिक्रिया दिने उनी पक्षका पहिलो नेता हुन्।

सर्वोच्चको फैसलाबाट सुरु हुने अस्थिरताको खेलले प्रधानमन्त्रीको कदमको औचित्य पलपल पुष्टि गर्नेछ । हिम्मत र धैर्यताका साथ अघि बढौं ।

— shankar.pokhrel (@shankarpokhrel8) February 23, 2021
प्रकाशित मिति: : 2021-02-23 20:47:00

प्रतिकृया दिनुहोस्