सिरहामा झण्डा महोत्सव हुने 

Symbolic photo

सिरहाको सखुवानन्कारकट्टी गाउँपालिकामा यही फागुन १५ गतेदेखि २४ गतेसम्म झण्डा मेला महोत्सव हुने भएको छ। 

राष्ट्रिय झण्डालाई अन्तर्राष्ट्रियस्तरमा चिनाउने र कृषि क्षेत्रको प्रवद्र्धन र बालविवाह न्यूनीकरण गर्ने उद्देश्यले उक्त महोत्सव हुने भएको हो।

गाउँपालिका अध्यक्ष केदारनाथ यादवका अनुसार ‘कला संस्कृति हाम्रो स्वाभिमान, समृद्ध सखुवानन्कारकट्टी हाम्रो पहिचान’ भन्ने मूल नाराका साथ शुरु हुने महोत्सवमा कृषि क्षेत्रमा प्रयोग हुने घरायसी आधुनिक औजार र स्थानीयस्तरमा उत्पादन हुने विभिन्न कृषि सामग्री प्रदर्शन हुनेछ। 

‘सो अवसरमा उत्कृष्ट हुने कृषकलाई पुरस्कृतसमेत गरिने छ’ उनले भने, ‘महोत्सवमा बालविवाह, बहुविवाह, दाइजो प्रथा तथा लैङ्गिक हिंसासम्बन्धी जनचेतना दिलाइने छ।’ महोत्सवमा १०० कक्ष रहने छ।

प्रकाशित मिति: : 2021-02-26 14:50:00

प्रतिकृया दिनुहोस्