कोभिड १९ को सङ्क्रमण बढदै गएपछि न्युजिल्याण्ड र अष्ट्रेलियाबीच हुने टी ट्वान्टीको खेलस्थल परिवर्तन गरिएको छ। यसअघि अकल्याण्डमा हुने तय भएको थियो।
दर्शकको उपस्थितिमा हुँदै आएको खेलमा अब दर्शकको उपस्थिति रहने छैन्। आगामी साताका लागि निर्धारित अष्ट्रेलिया र न्युजिल्याण्डबीचको टी ट्वान्टी श्रृखंला वेलिंग्टनका लागि सारिएको छ।
उक्त खेल मार्च ५ मा हुने तय गरिएको छ। न्युजिल्याण्ड सरकारले तेस्रो तहको चेतावनी जारी गरेको छ ।