फ्रेन्च लिग वान फुटबलमा पीएसजीले डिजोनलाई ४-० गोल अन्तरले पराजित गरेको छ।
डिजोनको मैदानमा शनिबार राति भएको खेलमा केलियन एमबाप्पेले दुई गोल गरेसँगै पीएसजीले सफल जित हात पारेको हो।
मोइस किन र डानिलो पेरेइराले पनि १-१ गोल गरे।
यो जितसँगै पीएसजी लिगको दोस्रो स्थानमा उक्लिएको छ।