प्रचण्ड समूहले स्थायी र केन्द्रीय कमिटी बैठक बोलाउने

फाइल तस्वीर
फाइल तस्वीर

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड समूहले स्थायी कमिटी र केन्द्रीय कमिटी बैठक बोलाउने भएको छ।

सोमबार बिहान बसेको सचिवालय बैठकले स्थायी कमिटी र केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।

प्रवक्ता श्रेष्ठकाअनुसार पछिल्लो राजनीतिक घटना क्रमका बारेमा छलफल गर्न बैठक बोलाउने निर्णय गरेको हो। तर, बैठकको मिति भने तोकिएको छैन।

सोही बैठकले पार्टीको आधिकारिकता सम्बन्धी विवादलाई छिटो टुङ्ग्याउन निर्वाचन आयोगलाई आग्रह गर्ने निर्णय समेत गरेको छ।  

प्रकाशित मिति: : 2021-03-01 11:31:00

प्रतिकृया दिनुहोस्