रिहा भए विप्लव समूहका नेता ओमप्रकाश पुन

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाका नेता ओमप्रकाश पुन सरकारकासँगको सहमति बमोजिम शुक्रबार कैलालीबाट रिहा भएका छन्।

सरकारले विप्लव समूहका गतिविधिमाथि लागेको प्रतिबन्ध हटेसँगै नेता–कार्यकर्ता रिहाइ प्रक्रिया शुरु भएको छ।

सरकार र चन्द समूहबीचको वार्तामा तीनबुँदे सहमति भएसँगै प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले सो समूहमाथि लाग्दै आएको प्रतिबन्ध हटाएको थियो।

त्यसअघि सरकार र नेकपाबीचको वार्तामा चन्द समूहका सम्पूर्ण गतिविधि शान्तिपूर्णरूपमा सञ्चालन हुने र सरकारका तर्फबाट उसका गतिविधिमाथि लगाएको प्रतिबन्ध फुकुवा गर्ने सहमति भएको थियो।

सहमतिको विस्तृत विवरण आज अपराह्न विशेष समारोहबीच सार्वजनिक गरिँदै छ।

उक्त समारोहलाई प्रधानमन्त्री केपी शर्मा ओली र  समूहका महासचिव चन्दले सम्बोधन गर्ने कार्यक्रम छ।

सरकारले हिंसात्मक गतिविधि सञ्चालन गरेको जनाउँदै विसं २०७५ फागुन २८ गते समूहका गतिविधि सञ्चालनमा रोक लगाएको थियो। 



रिहा भए धर्मेन्द्र बाँस्तोला

विप्लव, प्रकाण्ड र धर्मेन्द्र बास्तोलालगायतका नेताहरूबीच भेटघाट

प्रकाशित मिति: : 2021-03-05 14:45:00

प्रतिकृया दिनुहोस्