‘वार पावर अथोरिटी’ लाई अपडेट गर्न राष्ट्रपति वाइडेन सहमत

Photo : Thesun.com
Photo : Thesun.com

अमेरिकी सैन्य अभियानलाई उचित ठहर गर्न सैन्य बलको प्राधिकरण वार पावर अथोरिटी (एयूएमएफ) लाई अपडेट गर्नुपर्ने कुरामा आफू सहमत रहेको अमेरिकी राष्ट्रपति जो वाइडेनले बताएका छन्।

व्हाइट हाउसकी प्रेस सचिव जेन साकीले पत्रकारसँग कुरा गर्दै यो सुचना दिएकी हुन्। उनले भनिन्, ‘ एयूएमएफ अपडेट गर्ने बिषय लम्बित थियो।’ प्रेस सचिव साकीका अनुसार यो बिषयमा डेमोक्र्याटिक सिनेटर टिम केन सानो तर विशिष्ट रूपरेखामा चर्चा गर्न चाहन्छन्।

राष्ट्रपतिको युद्ध शक्तिलाई रोक्नको लागि डेमोक्र्याटिक सिनेटर केन र रिपब्लिकन सिनेटर टार्ड योङ्ग मिलेर सन् १९९१ र २००२ मा एयूएमएफलाई  निरस्त गर्न एउटा कानुन पेश गरेका थिए।,

हालै मात्र साकीको यो भनाई आएको हो। अमेरिकी सेनाले गत साता सिरियामा इरानी आतंकबादी समुह द्वारा प्रयोग गर्ने स्थानमा ब्यापक हवाई आक्रमण गरेको थियो,, जसमा एक आतंकवादी को मृत्यु हुनुको साथै दुई घाइते भएका थिए।

यो हमला गर्नुपूर्व सल्लाह नगरेकोमा दुवै सिनेटर राष्ट्रपति वाइडेनसँग असन्तुष्ट छन्। स्मरण रहोस्, अमेरिकी संबिधानले युद्धको अधिकार कांग्रेसलाई दिएको छ।, राष्ट्रपतिलाई होइन। यसैबीच सिरिया र इरानले अमेरिकी हमलाको कडा निन्दा गरेका छन्।

प्रकाशित मिति: : 2021-03-07 07:49:00

प्रतिकृया दिनुहोस्