प्रचण्डसहित तीन पूर्वप्रधानमन्त्रीले दिए संसद्का महासचिवकहाँ धर्ना

नेकपा (प्रचण्ड) समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल झलनाथ खनालसहितका नेताहरुले संघीय संसद्का महासचिव भरतराज गौतमकहाँ धर्ना बसेका छन्। 

नेकपा संसदीय दलको नेताबाट केपी शर्मा ओलीलाई हटाएर प्रचण्डलाई बनाएको भन्ने सूचना दर्ता गर्न गएका नेताहरु महासचिवले दर्ता गर्न अस्वीकार गरेपछि उनलाई दबाब दिएर करिब डेढ घण्टादेखि त्यहीँ धर्ना बसेका हुन्।

नेपाल, खनालसहित महासचिवको कार्यकक्षमा पुगेका प्रचण्डले आफू संसदीय दलकाे बहुमतको समर्थनमा आफू संसदीय दलकाे नेता चयन भएको सूचना दर्ता गर्न आग्रह गरेका थिए । महासचिव गौतमले कानून र ऐन तथा सम्बन्धित दलको विधान समेत बुझेर आवश्यक कारबाही अघि बढाउने बताएपछि प्रचण्डले ठूलो स्वरमा कराएर महासचिवलाई थर्काएको संसद्का एक कर्मचारीले जानकारी  दिए। 

 

 

प्रकाशित मिति: : 2021-03-07 14:40:00

प्रतिकृया दिनुहोस्