संसदको बैठक बस्नु अघि कार्यव्यवस्था परामर्श समितिको बैठक बस्नुपर्थ्यो: प्रधानमन्त्री ओली

File photo
File photo

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाको बैठकमा  आइतबार देखिएको व्यवहारप्रति टिप्पणी गरेका छन्। 

प्रधानमन्त्री ओलीले संसदको बैठक बस्नु अघि कार्यव्यवस्था परामर्श समितिको बैठक बस्नुपर्ने र सरकारसँग परामर्श गर्नुपर्नेमा त्यसो नभएको भन्दै टिप्पणी गरेका हुन्। 

प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार साँझ बसेको नेकपाको संसदीय दलको बैठकमा उनले संसदीय परम्परानुसार प्रतिनिधि सभाको बैठक अगाडि नबढेकोमा असन्तुष्टिसमेत जनाएका छन्। 

ओलीले सर्वोच्च अदालतको फैसलालाई स्वागत गर्दै पार्टीको आगामी यात्राबारे खुलेर स्पष्ट पारे। 

प्रकाशित मिति: : 2021-03-08 08:24:00

प्रतिकृया दिनुहोस्