प्रदेश ईन्चार्जको ‘नेमप्लेट’मा भट्टको नाम राखेपछि एमालेका दुई समुहबीच झडप 

कैलालीमा एमालेका दुई समुहबीच झडप भएको छ।

नेपाल कम्युनिष्ट पार्टी(नेकपा) एमालेका केपी ओली पक्ष र माधव नेपाल पक्षका कार्यकर्ताहरुले झगडा गरेका हुन्।

पार्टी कार्यालयमा प्रदेश ईन्चार्जको  ‘नेम प्लेट’मा ओली पक्षका लेखराज भट्टको राखिएपछि माधव पक्षका कार्यकर्ताहरुले ‘नेम प्लेट’ तोडफोड गरेका छन्।

माधव पक्षका कार्यकर्ताहरुले प्रदेश ईन्चार्ज भिम रावल रहेको भन्दै ओली पक्षका कार्यकर्ताहरुसगँ झडपको वातावरण सिर्जना गरेका हुन्। दुई खेमामा विभाजित भएका कार्यकर्ताहरुले आ-आफ्नो नेताको समर्थनमा नारा लगाएका थिए। 

प्रकाशित मिति: : 2021-03-10 15:29:00

प्रतिकृया दिनुहोस्