स्पेनिस ला लिगा फुटबलमा लेभान्टेले भ्यालेन्सियालाई पराजित गरेको छ।
शुक्रबार राति भएको खेलमा लेभान्टेले भ्यालेन्सियालाई १-० को अन्तरले पराजित गरेको हो।
खेलको १८ औं मिनेटमा लेभान्टेलाई जित दिलाउन रोजरले एक गोल गरेका थिए। जितसँगै लेभान्टे लिगको आठौं स्थानमा उक्लिएको छ।