इटालियन फुटबल क्लब युभेन्टसले विश्वकै चर्चित फुटबल खेलाडी क्रिस्टियानो रोनाल्डोलाई बेच्ने तयारी गरेको छ।
बेलायती म्यागाजिन डेली मेलका अनुसार च्याम्पियन्स लिगको अन्तिम १६ बाट नै बाहिरिएपछि टोलीले रोनाल्डोलाई बेच्ने तयारी गरेको हो। म्यागाजिनमा २५ मिलियिन पाउन्डसम्मको अफर आए रोनाल्डोलाई बेच्न युभेन्टसले तयार रहेको बताइएको छ।
३६ वर्षको उमेरमा युभेका लागि रोनाल्डो महँगो साबित बनेका छन्। वार्षिक रुपमा रोनाल्डोले २.८ करोड पाउन्ड तलब खादै आएका छन्, जसले गर्दा अन्य खेलाडी तथा क्लबको आर्थिक अवस्थामाथि यसको प्रभाव परेको छ।