आहा रारा गोल्डकप ८ टोलीको सहभागिता 

मोफसलको बहुप्रतिष्ठित राष्ट्रिय तथा अन्तरराष्ट्रिय अन्तर क्लबस्तरीय आमन्त्रित आहा रारा गोल्डकप फुटबल प्रतियोगितामा आठ टोलीले सहभागिता जनाउने भएका छन्।

‘खेलकूदको विकासमा सहकार्य गरौँ, पोखरालाई खेलकूद पर्यटन शहरका रुपमा स्थापित गरौैँ’ भन्ने उद्देश्यसहित सहारा क्लब पोखराको आयोजनामा आगामी चैत २१ देखि २८ गतेसम्म सञ्चालन हुने १९औँ संस्करणको प्रतियोगितामा विदेशी एकसहित आठ टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्ने क्लबले आज पोखरामा पत्रकार सम्मेलन आयोजना गरी जानकारी दिएको हो।

प्रतियोगितामा नेपालका ‘ए’ डिभिजनका क्लब नेपाल आयल निगम, मनाङ मस्र्याङ्दी, नेपाल पुलिस क्लब, रुस्लान थ्रिस्टार, नेपाल एपिएफ क्लब, सङ्कटा क्लब, मछिन्द्र क्लब र आयोजक सहारा क्लबले सहभागिता जनाउने निश्चित भएको क्लबका अध्यक्ष केशबहादुर थापाले जानकारी दिए। यसैगरी विदेशी टोली अफ्रिकन रुट एशोएशन, डउला क्यामरुन सहभागी हुनेछ। 

प्रकाशित मिति: : 2021-03-13 16:52:00

प्रतिकृया दिनुहोस्