गोल्डेन एथलेटिक्समा त्रिभुवन आर्मी क्लबका खेलाडीहरु उत्कृष्ट

गोल्डेन एथलेटिक्स मिट २०२१ मा त्रिभुवन आर्मी क्लबका एथलेटिक्स खेलाडीहरुले उत्कृष्ट स्थान हासिल गरेका छन्।

काठमान्डौ, ललितपुर र भक्तपुर एथलेटिक्स सघंको संयुक्त आयोजनामा फागुन २९ गतेबाट गोल्डेन एथलेटिक्स मिट सुरु भएको थियो।  

महिला तर्फको १०० मिटरको महिला दौड प्रतियोगितामा त्रिभुवन आर्मी क्लबकी सरस्वती चौधरी प्रथम भएकी छन्।  त्यस्तै २०० मिटरको महिला दौड प्रतियोगितामा जयरानी थारु प्रथम भएकी छन्।

४०० मिटरको पुरुष दौड प्रतियोगिता तर्फ सोम बहादुर कुमालले प्रथम स्थान हासिल गरेका छन् भने, ३००० मिटरको पुरुष दौडमा टकं कार्की प्रथम भएका छन्।

साथै ८०० मिटरको पुरुष दौडमा मुकेश पालले प्रथम स्थान हासिल गरेका छन्। 
 

प्रकाशित मिति: : 2021-03-16 18:31:00

प्रतिकृया दिनुहोस्