शहीद स्मारक ‘सी’ डिभिजन लिग : वीरगन्ज युथ एकेडेमी विजयी

Symbolic photo
Symbolic photo

शहीद स्मारक ‘सी’ डिभिजन लिगमा आज भएको खेलमा वीरगञ्ज युथ एकेडेमी विजयी भएको छ। 

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा भएको खेलमा वीरगञ्ज एकेडेमीले महावीर क्लबलाई तीन शून्य गोलअन्तरले पराजित गरेको हो। वीरगञ्जका लागि सिर्जनराम गौतम, लक्ष्मण चौधरी र कृष्ण शाक्यले एक–एक गोल गरे। 

खेलको २०औँ मिनेटमा वीरगञ्जका लागि गौतमले पहिलो गोल गरेका थिए। खेलको ६६औँ मिनेटमा चौधरीले दोस्रो गोल गर्दै खेललाई दुई शून्यको अवस्थामा पु¥याए। यस्तै खेलको ७५औँ मिनेटमा शाक्यले वीरगञ्जका लागि तेस्रो गोल गर्दै तीन शून्यका साथ आफ्नो टोलीलाई जित दिलाए। 

जितसँगै समूह ‘ए’ मा रहेको वीरगञ्जले दुई खेलबाट छ अङ्क जोडेको छ। महावीर अङ्कविहीन अवस्थामा छ। आगामी चैत २४ गतेसम्म सञ्चालन हुने ‘सी’ डिभिजन लिगमा १४ टोलीले प्रतिस्पर्धा गरिरहेका छन्। रासस 

प्रकाशित मिति: : 2021-03-20 19:52:00

प्रतिकृया दिनुहोस्