सहिद स्मारक 'सी' डिभिजन लिग फुटबलमा आज पहिलो खेल प्लानिङ ब्वाइज युनाईटेड र स्वयम्भु क्लबबीच हुँदैछ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने खेल मध्यान्ह १२:१५ बजे सुरु हुने बताईएको छ।
त्यस्तै आज अर्को खेलपनि हुनेछ। दोस्रो खेलमा विरगंज युथ एकेडेमी र समाज कल्याण खेलकुद केन्द्र भिड्दैछन्।
विरगंज र समाजबीचको खेल दिउसो ३ बजे सुरु हुने बताईएको छ। आगामी चैत २४ गतेसम्म संचालन हुने लिगमा १४ टिमले प्रतिस्पर्धा गरिरहेका छन्।