त्रिदेशीय फुटबल अन्तर्गतको आजको खेलमा नेपाल र किर्गिस्तानको यू–२३ भिड्दै छन्।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेलमा नेपालले किर्गिस्तानको ओलम्पिक टिमसँग खेल्न लागेको हो। खेल साँझ ५ः३० बजे सुरु हुँदैछ।
नेपाली टोली किरण चेम्जोङको कप्तानीमा मैदानमा उत्रिदैछ।
टोलीमा गोलकिपरका रुपमा विकेश कुथु र दीपक कार्की, डिफेन्डरमा विराज महर्जन, रन्जित धिमाल, रोहित चन्द, निशान लिम्बू, अनन्त तामाङ, दिनेश राजवंशी, अजित भण्डारी र छिरिङ गुरुङ, मिडफिल्डरमा सुजल श्रेष्ठ, तेज तामाङ, त्रिदेभ गुरुङ, एरिक विष्ट, सन्जोग राई, विशाल राई, सुनिल वल र रविशङ्कर पासवान तथा फरवार्डमा दर्शन गुरुङ, अञ्जन विष्ट, अविशेक रिजाल र भरत खवास रहने यसअघि नै टुंगो लागि सकेको छ।
त्रिदेशीय फुटबलमा नेपालको यो पहिलो खेल हो। भने, किर्गिस्तानको दोस्रो खेल हो। यसअघि भएको खेलमा किर्गिस्तान बंगलादेशसँग पराजित भएको थियो।