नेपाली प्रशिक्षक डेभ ह्वाटमोरले भने– मोरङमा प्रतिभाको कमि छैन

श्रीलंकालाई सन् १९९६ को विश्व कपको उपाधि दिलाएका चर्चित प्रशिक्षक डेभ ह्वाटमोरले मोरङमा प्रतिभाशाली क्रिकेट खेलाडी रहेको बताएका छन्। 

हालै नेपाली राष्ट्रिय क्रिकेट टिमका प्रशिक्षक नियुक्त डेभ प्रदेश नम्बर १ तथा मोरङ जिल्ला क्रिकेट सङ्घद्वारा आयोजित ‘नेपाल आउटरिच प्राेग्राम अफ डेभ ह्वाटमाेर’ कार्यक्रममा नेपाली खेलाडीलाई प्रशिक्षण दिन आएका थिए। उनी दुई दिन विराटनगरमा रहने छन्। 

अष्ट्रेलियाका मुलनिवासी डेभले नेपाली खेलाडीलाई आवश्यक शीप तथा व्यवहारिक ज्ञान प्राप्त गराउँदै आगामी दिनमा नेपाललाई विश्व वरियतामा अगाडी ल्याउने आफ्नो  अभियान रहने बताए। 

नेपाल क्रिकेट सङ्घका प्रशिक्षक जगत टमाटाले प्रदेशका खेलाडीलाई मोरङबाट आवश्यक शीप सिक्न सुनौलो अवसर पाएकोमा खुशी व्यक्त गरे।

मोरङ जिल्ला क्रिकेट सङ्घका अध्यक्ष नवीन घिमिरे, प्रदेशका चण्डिका बास्तोला, प्रदीपराज पाण्डेलगायतले यस क्षेत्रको क्रिकेटको विकासमा उहाँको प्रशिक्षण कोशेढुङ्गा सावित हुने विश्वास व्यक्त्त गरे। 

डेभले चैत ११ स्थानीय प्रशिक्षकलाई सैद्धान्ति प्रशिक्षण दिनेछन्। वैजनाथपुर अन्तर्राष्ट्रिय क्रिकेट खेल मैदानमा विद्यालय तथा कलेजका विद्यार्थीलाई किक्रेट सम्वन्धी व्यवहारिक शीप सिकाउने छन्। 

यसैगरी चैत १२ र १३ प्रदेशका विभिन्न क्रिकेट क्लब र खेलाडीलाई प्रशिक्षण दिनेछन्। चैत १४ गते खेलाडीको खेलको अनुगमन पनि गर्नेछन्।

प्रकाशित मिति: : 2021-03-25 15:11:00

प्रतिकृया दिनुहोस्