सुनिल क्षेत्रीको अनुपस्थितिमा १० युवा खेलाडी भारतको फुटबल टिमबाट डेब्यु गर्दै

Pti
Pti

भारतीय फुटबल टिममा २५ वर्षभन्दा मुनीका १३ खेलाडी समावेश भएका छन्। 

ओमानविरूद्ध बिहीबार हुने मैत्रीपूर्ण खेलका लागि प्रशिक्षक इगोर स्टिमेचले युवा टोलीको छनोट गरेका छन्। 

भारतीय टिम १५ महिनापछि मैदानमा उत्रिदैछ। कोरोनाका कारण २०१९ को नोभेम्बरमा ओमानविरूद्ध खेल खेलेयता भारतीय टोली मैदानमा उत्रिएको थिएन। भाग्यले आज पनि भारत ओमानविरूद्ध नै खेल्दैछ। 

भारत विश्व वरियतामा १ सय ४ र ओमान ८१ औं स्थानमा छन्। खेल दुबईको मकतुम बिन राशिद रंगशालामा हुनेछ। खेल खाली मैदानमा हुनेछ। २७ सदस्यीय टिममा १० खेलाडी डेब्यु गर्दैछन्। टिमको औसत उमेर २४ वर्ष छ। 

ओमानविरूद्ध यसअघि भएको खेलमा भारत २–१ ले पराजित भएको थियो। अस्वस्थ्यताका कारण कप्तान सुनिल क्षेत्री आजको खेलमा उपलब्ध हुने छैनन्।

प्रकाशित मिति: : 2021-03-25 15:36:00

प्रतिकृया दिनुहोस्