'यसपालि फेरि उस्तै भयो...'

गौरीफन्टा नाकामा भारतबाट फर्किनेको भीड

भारतमा कोरोनभाइरसको दोस्रो लहर फैलिएसँगै कैलालीको गौरीफन्टा नाकाबाट कञ्चनपुरको डोकेबजार हुँदै स्वदेश फर्किनेको संख्या फेरि बढेको छ।

टीकापुर-१ की सीता बिक भारतबाट फर्कीएकी छन्। उनी तीन महिना पहिले बैंगलुरू गएकी थिइन्।

श्रीमान् उतै काम गर्ने भएकाले दूधे बच्चासहित कमाइ गर्न उतै गएकी उनी कोरोना फेरि फैलिने डरले फर्किएकी हुन्।

‘हाम्रो बस्नेतिर त थिएन तर अन्ततिर फेरि कोरोना आयो भन्थे, पछि बन्दसन्द होला भनेर आइहाल्यौं,’ उनले भनिन्।

भारतका केही प्रान्तहरूमा फेरि कोरोनाको संक्रमण तीव्र फैलिन थालेको खबर उनले पाएपछि फर्केको बताइन्।

पिसिआर पोजेटिभ आए के हुने हो, कता जानुपर्ने हो भन्ने उनलाई चिन्ता थियो। 

प्रकाशित मिति: : 2021-03-26 13:45:00

प्रतिकृया दिनुहोस्