चिनियाँ राष्ट्रापति सीद्वारा इजिप्टमा भएको रेल दुर्घटनाप्रति दुःख व्यक्त

File photo
File photo

चिनियाँ राष्ट्रपति सी चिनफिङले शनिबार एक विज्ञप्ति जारी गरी इजिप्टमा शुक्रबार रेल दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन्। 

राष्ट्रपति सीले इजिप्टका राष्ट्रपति अब्देल फताह अलसीसीलाई पठाएको शोक सन्देशमा भनिएको छ, 'चीन सरकार र चिनियाँ जनताको तर्फबाट सो दुर्घटनामा परी मर्नेहरुप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै मृतकका आफन्त र घाइतेहरुप्रति गहिरो समवेदना व्यक्त गर्दछु।'

इजिप्टमा शुक्रबार भएको रेलमा कम्तीमा इजिप्टमा शुक्रबार भएको रेल दुर्घटनामा परी ३२ जनाको मृत्यु भएको थियो। घटनामा परी अन्य ६६ जना घाइते भएको स्वास्थ्य मन्त्रालयद्वारा जारी वक्तव्यमा उल्लेख गरिएको छ। सबै घाइतेजनको स्थानीय अस्पतालहरूमा उपचार भइरहेको छ।  

लुक्सोरबाट अलेक्सान्ड्रया तर्फ जाँदै गरेको र कायरोबाट अस्वान तर्फ जादै गरेको रेल एक आपसमा ठोक्किँदा उक्त दुर्घटना भएको हो। 
 
देशको दक्षिणी क्षेत्रमा पर्ने सोहाग प्रदेश राजधानी कायरोदेखि ४७६ किलोमिटर टाढा पर्दछ। घटनाका बारेमा अनुसन्धान गर्न सरकारले प्राविधिक समिति बनाएको मन्त्रालयद्वारा जारी वक्तव्यमा उल्लेख गरिएको छ। रासस 

प्रकाशित मिति: : 2021-03-27 20:15:00

प्रतिकृया दिनुहोस्