नेपाली नागरिकको सूचना भारतीय कम्पनीको कब्जामा !

आयोमेल

काठमाडाै‌ं

अनिता श्रेष्ठ

नेपाली स्मार्ट लाइसेन्स छाप्दै आएको भारतको चेन्नईस्थित ‘मद्रास सेक्युरिटी प्रिन्टर्स’ (एमएसपी)ले सफ्टवेयरको सोर्सकोड नेपाललाई हस्तान्तरण नगर्दा नेपाली नागरिकको व्यक्तिगत सूचना दुरुपयोग हुने खतरा बढ्दै गएको छ। 

सोर्सकोड साफ्टवेयरको मुख्य साँचो हो जसले सफ्टवेयर सञ्चालन गर्नेदेखि त्यसमा भएका विवरणहरु कम्प्युटर तथा कार्ड रिडरजस्ता यन्त्रहरुमा सजिलै जडान गर्न मद्दत गर्दछ।

यातायात व्यवस्था विभागले स्मार्ट कार्डको प्रयोग बढाउँदै लाने उद्देश्यले भारतको उक्त कम्पनीलाई विद्युतीय झण्डै १२ करोडको लगानीमा सवारी चालक अनुमति पत्र ‘इलेक्ट्रिोनिक ड्राइभिङ लाइसेन्स’को सफट्वेयर बनाउने जिम्मा २०७१ मा दिएको थियो। 

सम्झौता अनुरुप उक्त कम्पनीले सफ्टवेयर निर्माण गरेको दुई वर्षभित्र विभागलाई सोर्सकोड फिर्ता गर्नुपर्ने थियो। 

यातायात विभागका कर्मचारी भक्त विष्टले सफ्टवेयर निर्माण गरेको दुई वर्षभित्र नेपाल सरकारलाई हस्तान्तरण गर्ने सम्झौता भएको बताए।

तर चार वर्षभन्दा बढी समय बितिसक्दा पनि विभागको हातमा सोर्सकोड आईपुगेको छैन। 

‘२०७३ सालमा नै सोर्सकोड एमएसपीले सरकारलाई हस्तान्तरण गर्नुपर्ने हो। तर चार वर्षभन्दा बढी समय बितिसक्दा पनि विभागलाई हस्तान्तरण गरेको छैन,’ उनले भने।

सोर्सकोड विभागसँग नहुँदा उक्त सफ्टवेयरको आधिकारिक गतिविधि सबै भारतमा हुने गरेको छ। विभागसँग कामचलाउ डाटावेस मात्र रहेको छ भने लाइसेन्समा केही समस्या आए वा मिलाउनुपरे चेन्नईमै सम्पर्क गर्नुपर्ने बाध्यता रहेको उनले बताए।

प्रकाशित मिति: : 2021-03-28 15:14:00

प्रतिकृया दिनुहोस्