अमेरिकन हाँस पालिरहेका सन्तोष भन्छन्- अब त अमेरिकै जाने टिकट पाए नि जान्नँ

नारायण खड्का

३३ वर्षीय सन्तोष डाँगी चैत ७ गते तुलसीपुर बजारमा हाँस डेलिभरी गर्न व्यस्त थिए।

चैत ८ गते उनी ३५ हाँस लगेर तुलसीपुर बजारदेखि ४८ किलोमिटर टाढा लमहीको बयालडाँडास्थित एक कटेजमा पुगे। तीन दिनको प्रयासपछि बल्ल सन्तोषसँग चैत ९ गते कुराकानीको समय जुर्‍यो।

सन्तोषसँग अझै साढे तीन सयको हाराहारीमा अमेरिकन पेकिङ डक (हाँस) बिक्रीका लागि तयारी अवस्थामा छन्। त्यसैले यतिखेर उनलाई मार्केटिङको खुबै चटारो छ।

‘कुनै पनि नयाँ कुराको बजार विस्तार गर्न सजिलो कहाँ हुन्छ र,’ सन्तोषले भने, ‘लोकल हाँस र चाइनिज हाँस खाइरहेकाहरूलाई अमेरिकन हाँस बेच्न सुरूमा त अलि बढी खट्नै पर्छ।’ 

जिल्लामा नयाँ प्रजातिको अमेरिकन हाँस पहिलो पटक आफूले नै पालेको उनको दाबी छ।

‘बजारमा मान्छेहरू अमेरिकन हाँस भन्नासाथ आश्चर्य मान्छन्, सोधीखोजी गरे पनि हत्तपत्त किन्दैनन्,’ उनले भने, ‘आफैंले नचाखेसम्म कसैले विश्वास गर्छ र? एक पटक मासु खाइसकेपछि भने उनीहरू खोज्दै आउन थालेका छन्।’

सन्तोषले पहिलो लटमा पालेका पाँच सय हाँस सबै बिक्री गरिसके।

प्रकाशित मिति: : 2021-03-28 17:22:00

प्रतिकृया दिनुहोस्