आक्रमणमा १४ को मृत्यु, ७ घाइते

सुडानमा भएको घटनामा कम्तीमा १४ जनाको मृत्यु भएको छ भने अरु सात जना घाइते भएका छन्। 

देशको पूर्वी क्वाटोरिया राज्यमा पर्ने बुडी काउन्टीमा घटना भएको सरकारी अधिकारीहरूले सोमबार जानकारी दिएका छन्। 

स्थानीय समय अनुसार आइतबार दिउसो १ बजेतिर घटना भएकोसञ्चार सचिव अलियन्ड्रो लोटोकले बताए। 

आक्रमणकारीहरू को हुन् भन्ने बारेमा अहिलेसम्म केही पहिचान हुन नसकेको पनि उनलेजानकारी दिए। 

मानिसहरू सुतिरहेका बेलामा आक्रमण भएको प्रारम्भिक अध्ययनबाट देखिएको अधिकारीहरूको भनाइ छ। घटनामा मृत्यु भएकामध्ये १२ जना महिला र दुई जना बालबालिका रहेका छन्। 

स्थानीय अधिकारीहरूले समेत आक्रमण के कारणले भएको थियो भन्ने बारेमा एकीन हुन नसकेको बताएका छन्। 

घटनाका बारेमा अनुसन्धान भइरहेको र दोषीलाई कारबाही गर्ने प्रतिवद्धता पनि सरकारी अधिकारीहरूले जनाएका छन्। उनीहरूले घटनाको घोर निन्दा समेत गरेका छन्। 

प्रकाशित मिति: : 2021-03-29 21:43:00

प्रतिकृया दिनुहोस्