युरोपियन छनौटको तेस्रो खेलमा बेल्जियमले बेलारुसमाथि फराकिलो जित हात पारेको छ।
फिफा विश्वकप छनौट अन्तर्गतको खेलमा बेल्जियमले बेलारुसलाई ८-० गोल अन्तरले पराजित गरेको हो।
बेल्जियमलाई जित दिलाउन लिन्ड्रो ट्रोसार्ड र हान्स भनाकेनले दुई-दुई गोल गरेका थिए। यस्तै मिची बात्सुआई, जेर्मी डोकु, डेनिस प्रयट र क्रिस्टियन बेन्टेकेले एक-एक गोल गरेका थिए।
उक्त जिसँगै बेल्जियमले ३ खेलमा ७ अंक जोड्न सफल भएको छ।