सुरु भयो एनभीए भलिबल लिग 

आरबीबी एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब लिग भलिबल च्याम्पियनसिपको खेल तालिका सार्वजनिक भएको छ।

एनभीए राष्ट्रिय भलिबल लिगको यो पाँचौ संस्करण हो। त्रिपुरेश्वरस्थित राखेपको कर्भडहलमा हुने प्रतियोगिताको पहिलो खेलमा महिलातर्फ न्यु डाइमण्ड स्पोर्ट्स क्लब र ढोरपाटन स्पोर्ट्स क्लबबीच प्रतिस्पर्धा हुँदैछ। 

चैत २६ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा पुरुषतर्फ ७ टिम र महिलातर्फ ६ टिमले प्रतिस्पर्धा गर्नेछन्।

प्रकाशित मिति: : 2021-04-01 06:31:00

प्रतिकृया दिनुहोस्