'आहा रारा गोल्डकप'को उद्घाटन खेलमा आयोजक सहारा क्लब पोखरा र नेपाल एपीएफ भिड्दैछन्।
आयोजकले विहीबार पत्रकार सम्मेलन गर्दै १९ औ संस्करणको उद्घाटन खेलमा आयोजक र एपीएफ भिड्ने जनाएको छ।
पोखरा रंगशालामा हुने प्रतियोगिता चैत २१ देखी २८ गतेसम्म सञ्चालन हुनेछ।
प्रतियोगिताको विजेता टिमले नगद १० लाख १ हजार रुपैँया हात पार्नेछन्। उपबिजेता टिमले नगद ५ लाख १ हजार प्राप्त गर्ने आयोजकले जनाएको छ।