पाँचौ संस्करणको एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब लिग भलिबल च्याम्पियनसिपमा टिम त्रिभुवन आर्मी क्लब र नेपाल एपीएफ क्लबले सुरुवाती जित हात पारेका छन्।
त्रिपुरेश्वरस्थित राखेपको कर्भडहलमा विहीबार भएको खेलमा पुरुषतर्फ आर्मीले मणिमुकुन्द भलिबल क्लबलाई ३-० को सेटमा पराजित गरेको थियो।
यस्तै एपीएफले बुलबुले रारा क्लबलाई ३१ को सेटले पराजित गरेको छ।