स्पेनिस क्लब रियल मड्रिडका कप्तान सर्जियो रामोसले पीडुलाको समस्याको कारण लिभरपुलविरुद्धको खेल गुमाउने भएका छन्।
३५ वर्षीय डिफेन्डर रामोसलाई विश्वकप छनौटको खेलमा चोट लागेको थियो। जसको कारण उनलाई पीडुलाको समस्या भएको छ।
चोटकै कारण रामोसले इन्ग्लिश क्लब लिभरपुलविरुद्धको क्वाटरफाइनलको दुबै लेग नखेल्ने भएका हुन्।