भाइरल बनेका गाउँपालिका अध्यक्षको प्रश्‍न- नि:शुल्क शिक्षालाई बेवास्ता, बोर्डिङमा पैसा तिरेको मात्र महत्त्व हुने?

काठमाडौंप्रेस

काठमाडाै‌ं

सोनी शाही

‘बोर्डिङ स्कुलमा पढ्न जाँदा टिफिनमा खाना झुन्ड्याएर, टाई, जुत्तामोजा लगाइदिएर पठाउने, कहाँ जान लागेको भन्दा छोरो पुर्‍याउन जान लागेको भनेर झोला बोकिदिएर पुर्‍याउन र लिन जान हुने। तर, सरकारी विद्यालयमा पढ्दा बच्चासँग कापी जुत्ता छ-छैन भन्‍ने थाहा छैन, बच्चाले किताब पातलो बनाइसक्यो पनि थाहा छैन। बच्चाले होमवर्क गर्‍यो-गरेन हेर्नु छैन। बच्चा विद्यालय पुग्यो-पुगेन हेर्नु छैन। पैसा खर्च गरेपछि मात्र त्यसको महत्त्व हुँदो रहेछ।’

केही दिनयता एक जनप्रतिनिधिले सार्वजनिक कार्यक्रममा दिएको मन्तव्यको यो भिडियो सामाजिक सञ्‍जालमा भाइरल बनेको छ। बोर्डिङ स्कुलतर्फ आकर्षित भएका स्थानीय बासिन्दालाई गाउँपालिकाका अध्यक्षले भौतिक पूर्वाधार, शिक्षकलगायत सबै सेवामा सरकारी विद्यालय अब्बल रहेको जानकारी गराइरहेका छन्।

उक्त भिडियोमा धादिङ थाक्रे गाउँपालिका अध्यक्ष रामकुमार आचार्यले सरकारी विद्यालयको भौतिक र शैक्षिक दुवै गुणस्तर राम्रो भएको बताउँदै निजी विद्यालयको भन्दा राम्रो शिक्षा प्रदान गर्न सकिने जानकारी दिइरहेका छन्।

उनले उक्त भिडियोमा भनेका छन् ‘तपाईंले कर तिरेको पैसाले विद्यालयका कर्मचारीले तलब खानुहुन्छ। विद्यालय गएर शिक्षकहरूलाई पढाइ राम्रो भएन, बेलामा आउनु हुन्‍न, समयावधिसम्म बस्नु हुन्‍न। किन यस्तो गर्नु हुन्छ भनेर यहाँहरूले प्रश्‍न गर्नुपर्छ। चारैतिर जस्ताको बार, तात्तिएर खपिसक्नु हुँदैन, त्यहाँ पढाउनु काइदा। ढलान गरेका चार-पाँचवटा भवन छन्, त्यहाँ पढाउनु बेकाइदा?’

प्रकाशित मिति: : 2021-04-02 17:03:00

प्रतिकृया दिनुहोस्