म्यान्मारमा शान्तिका लागि लुम्बिनीमा प्रार्थना (फाेटाे फिचर)

म्यान्मारमा सेनाले गरेको नरसंहारको अन्य र शान्तिको लागि लुम्बिनीमा प्रार्थना गरिएको छ। 
म्यान्मारमा गत चुनावमा नेत्री आङ साङ सुकीले बहुमत लिएपछि धाँदली भएको भन्दै सेनाले नियन्त्रणमा लिएपछि आन्दोलन शुरु भएको थियो र त्यसैको लागि गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा म्यान्मारमा शान्तिको लागि प्रार्थना गरिएको हो। 

म्यान्मारमा भइरहेको नरसंहारविरुद्ध लुम्बिनीमा रहेका भिक्षुहरुले शान्तिको कामना गर्दै प्रार्थना गरेका थिए।

लुम्बिनीमा म्यान्मारले बनाएको गोल्डन बिहारमा उनीहरुले प्रार्थना कार्यक्रम सम्पन्न गरेका छन्।

कार्यक्रमको आयोजना म्यान्मार गोल्डन बिहार लुम्बिनी, लुम्बिनी बुद्ध धर्म संरक्षण समितिले गरेको थियो।
 

प्रकाशित मिति: : 2021-04-04 20:46:00

प्रतिकृया दिनुहोस्