'महिलाले ट्याटु बनाउने भनेर चकित खानेहरू धेरै थिए

सेतोपाटी

काठमाडौं

सबिता महर्जनले ट्याटु आर्टिस्ट बन्ने सपना कहिल्यै देखेकी थिइनन्। उनी होटल व्यवस्थापन विषय लिएर कलेज पढिरहेकी थिइन्। खाली समयमा आइसक्रिम बेचेर अलिअलि खर्च जुटाउँथिन्।

यो दस वर्षअघिको कुरा हो।

त्यो बेला उनका प्रेमी प्रह्लाद श्रेष्ठ, अहिले श्रीमान, ट्याटु आर्टिस्ट थिए। बसन्तपुर फ्रिक-स्ट्रिटमा प्रह्लाद 'टिकी झ्या' ट्याटु पसल चलाउँथे। सन् २००७ मा खुलेको टिकी झ्याः काठमाडौंकै पुराना ट्याटु पसलमध्ये पर्छ। प्रह्लादले नेपालमा ट्याटु कलाको राम्रो भविष्य देखेका थिए, त्यसैले उनी सबितालाई पनि सिक्न प्रोत्साहन गरिरहन्थे। 

सबितालाई पनि ट्याटु मनपर्थ्यो, १६ वर्षकी छँदै आफ्नै खुट्टामा पनि हानेकी थिइन्। स्कुल पढ्दा चित्रकलामा रूचि थियो उनको, तर त्यतिबेला उनीभित्रको प्रतिभा निस्किन पाएन। पछि प्रह्लादको काम देखेर उनमा ट्याटु सिक्ने हौसला आयो।

प्रकाशित मिति: : 2021-04-05 07:15:00

प्रतिकृया दिनुहोस्