युवा खेलाडी जुनियरको प्रभावशाली खेलमा रियलद्धारा लिभरपुलमाथि ३-१ को जित

स्पेनिस क्लब रियल म्याड्रिडका लागि कान्छो उमेरमा गोल गर्ने दोस्रो युवा खेलाडीको रूपमा उभ्याएका भिनिसियोस जुनियरको दुई गोलको सहयोगमा रियल मड्रिडले च्याम्पियन लिगको क्वाटर फाइनलअन्तर्गत पहिलो लेगको खेलमा लिभरपुललाई ३-१ गोलले पराजित गरेको छ। 

इंग्लिस क्लब लिभरपुलका लागि मोहम्मद सलाहले ५१ मिनेटमा फर्काएको एक गोल एनफिल्डमा हुने दोस्रो लेगको खेलका लागि ‘लाइफ लाइन’ बनेको प्रतिक्रिया प्रशिक्षक जर्गेन क्लोपले दिएका छन्। उनले दोस्रो खेलमा ‘कमब्याक’ गर्ने बताए। 

आफ्नो मैदानमा रियलले पहिलो हाफमै दुई गोलको अग्रता बनाइसकेको थियो। रियलका लागि जुनियरले २७ र ६५ मिनेटमा गोल गरे। उनी पूर्व कप्तान राहुलपछि च्याम्पियन्स लिगको नकआउट चरणमा गोल गर्ने रियलका दोस्रो युवा खेलाडी बनेका छन्।

राहुलले १९९६ को मार्चमा युभेन्ट्सविरूद्ध गोल गर्दा उनको उमेर १८ वर्ष २ सय ५३ दिन थियो। 

जुनियरले मंगलबार राती गोल गर्दा उनी २० वर्ष २ सय ६८ दिन पुगेका थिए। रियलका लागि अर्को गोल असेन्सियोले गरे। उनले ३६ मिनेटमा गोल गरेका थिए।

प्रकाशित मिति: : 2021-04-07 07:29:00

प्रतिकृया दिनुहोस्