युवा खेलाडी फिल फोडेनले अन्तिम मिनेटमा गरेको गोलका कारण इंग्लिस क्लब म्यानचेस्टर सिटीले च्याम्पिन्स लिगअन्तर्गत क्वाटर फाइनलको पहिलो लेगको खेलमा बोरुसिया डर्टमुन्डलाई २-१ गोलले पराजित गरेको छ।
इतिहात रंगशालामा भएको खेलमा भ्रमणकारी डर्टमुन्डका लागि मार्को रोएसले ८४ मिनेटमा बराबरी गोल फर्काएपछि घरेलु टोली संकटमा देखिएको थियो। यसअघि १९ मिनेटमा केभिन डि ब्रुयनले सुरुवाती अग्रता दिलाएका थिए।
रोएसले खेल सकिन ६ मिनेटअघि इर्लिङ हल्याण्डको पासमा गोल गरेपछि घरेलु टोलीको संकट बढेको थियो।
तर, एलन स्मिथ र थिओ वाल्कट जस्ता पूर्व खेलाडीपछि च्याम्पिन्स लिगको क्वाटर फाइनलमा गोल गर्ने युवा खेलाडी बनेका फोडेनले २० वर्ष ३ सय १३ दिनमा गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाए।