क्रसर र टिपर आतंकः मरुभूमिमा परिणत हुँदैछन् डुकुछाप र देवीचौर

केही दिनयता काठमाडौँ उपत्यकामा प्रवेश गरेको धुवाँसहितको वायुले राष्‍ट्रिय चर्चा पायो। नपाओस् पनि किन, यो वायुले सर्वसाधारणदेखि सम्भ्रान्त वर्ग र सरकारका उच्चपदस्थहरूको पनि आँखा पोल्यो। तर, राजधानीकै एक कुनाका दुई गाउँ ललितपुरका डुकुछाप र देवीचौरका बासिन्दा तीन वर्षदेखि टिपर र क्रसर चलाउँदा निस्किने यस्तै आँखा पोल्ने धुवाँ र धुलोबाट आजित छन्। त्यहाँको ध्वनी, धुलो र धुवाँ प्रदूषणले राष्‍ट्रिय चर्चा पाएको छैन। किनकि, त्यहाँसम्म उच्चपदस्थ कोही बस्दैन।

ललितपुर बुङमती बजारबाट पश्‍चिम-दक्षिणतर्फ मोडिनासाथ गिटी, बालुवा लिएर सहरतर्फ हुइँकिइरहेका टिपर देखिन थाल्छन्। जति जति कच्ची सडक हुँदै गाउँतिर लागिन्छ, त्यति नै धुलोबाट छोपिएका बस्ती, रुखबिरुवा र खेतबारी देखिँदै जान्छन्। जतासुकै खोस्रिएका ढिस्का देखिन्छन्। तिनै ढिस्का आसपासबाट गिटी, बालुवा बोकेर सहरतिर हुइँकिँदै गरेका टिपरलाई साइड दिन हम्मे पर्छ, अन्य सवारी साधनका चालक र पैदल यात्रीलाई।

प्रकाशित मिति: : 2021-04-07 20:07:00

प्रतिकृया दिनुहोस्