पोर्चुगिज क्लब पोर्टोलाई स्पेनको सेभिल क्लबको घरेलु मैदान रामोन साञ्चेज रंगशालामा इंग्लिस क्लब चेल्सीले ०-२ गोलले पराजित गरेको छ।
च्याम्पियन्स लिगको क्वाटर फाइनलअन्तर्गत बुधबार राती खेलिएको पहिलो लेगको खेलमा घरेलु टोलीलाई पराजित गर्न चेल्सीका लागि मासन माउन्ट र बेन चिल्वेलले गोल गरेका थिए।
पोर्चुगल र इंग्ल्याण्डले कोरोनाको कडा कानुन लागु गरेका कारण यो खेल स्पेनको सेभिलमा भएको थियो। खेल पोर्टोको घरेलु मैदानको रूपमा भयो।
थोमस टुचेलले टिम सम्हालेयता केही परिस्कृत देखिएको चेल्सीका लागि ३२ मिनेटमा जर्जिन्होको पासमा माउन्टले गोल गरेका थिए।
दोस्रो गोल चिल्वेलले ८५ मिनेटमा गरे।