दोलखामा जीप दुर्घटना हुँदा चारजनाको मृत्यु भएको छ ।
सिन्धुपाल्चोकको तातोपानीबाट दोलखाको गौरीशंकर गाउँपालिका तर्फ जाँदै बोलेरो जीप आईतबार राति करिव १० बजे विगु गाउँपालिकाको लादुकमा दुर्घटना हुँदा चार जनाको मृत्यु भएको दोलखा प्रहरी प्रमुख डीएसपी भेसराज रिजालले जानकारी दिए।
डीएसपी रिजालका अनुसार दुर्घटनामा १५ जना घाइते भएका छन्। घाईतेको उपचारका लागी केहीलाई काठमाडौं तर्फ पठाइएको छ, भने केहीलाई दोलखा अस्पतालमा राखिएको छ।
क्षमताभन्दा बढी यात्रु बोकेको कारण जीप दुर्घटना भएको हुनसक्ने प्रहरी अनुमान छ।