आरम्भ चौतारी लघुवित्त वित्तीयले ८.८५ प्रतिशत लाभांश बाँड्ने

आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाले ८.८५ प्रतिशत लाभांश वितरण गर्ने भएको छ।

संस्थाको पाँचौँ वार्षिक साधारणसभाले गत आव २०७६/०७७ सम्मको मुनाफाबाट प्रस्ताव गरिएको ८.८५  प्रतिशत लाभांश प्रदान गर्ने प्रस्ताव पारित गरेको हो।

काभ्रेपलाञ्चोकको बनेपामा केन्द्रीय कार्यालय रहेको कम्पनीको हाल चुक्तापूँजी २६ करोड ३४ लाख ४८ हजार रहेको संस्थाका प्रमुख कार्यकारी अधिकृत लक्ष्मण घिमिरेले जानकारी दिए।

साधारणसभाले बनेपास्थित बिपिडब्लु लघुवित्त र बुुटवलस्थित देउराली लघुवित्त वित्तीय संस्थालाई शेयर आदानप्रदान अनुपात १००ः९५ः९५ हुने गरी प्राप्ति गर्ने प्रस्ताव पनि पारित गरेको छ। प्राप्तिपश्चात उक्त कम्पनीको शेयर स्वामित्व अनुपात ६३.६५ प्रतिशत (संस्थापक) र ३६.३५ प्रतिशत (सर्वसाधारण) हुने भएको छ।

साथै आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडको नाममा शेयर स्वामित्व अनुपात ६८.३० प्रतिशत (संस्थापक) र ३१.३० प्रतिशत (सर्वसाधारण) रहने प्रस्तावसमेत पारित भएको घिमिरेले जानकारी दिए।

उनका अनुसार भविष्यमा थप कुनै लघुवित्त संस्था एक आपसमा गाभ्ने÷गाभिने तथा प्राप्ति÷समाहित गर्ने विषयमा सञ्चालक समितिलाई अख्तियारी दिने निर्णय पनि गरिएको छ। 

प्रकाशित मिति: : 2021-04-15 09:35:00

प्रतिकृया दिनुहोस्