त्रिकोणात्मक टी-२० क्रिकेट: नेदरल्यान्डविरुद्ध नेपालको शानदार जित

त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेपाले सुखद सुरुवात गरेको छ। 

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएकाे खेलमा नेपालले नेदरल्याण्डमाथि जित  निकालेकाे हाे। 

टस हारेर ब्याटिङ गर्न पुगेको नेदरल्याण्डले निर्धारित २० ओभरको खेलमा चार विकेट गुमाएर १३६ रन बनाएको थियो। 

नेदरल्यान्ड्सले दिएको १ सय ३७ रनको लक्ष्य पछ्याएको नेपालले १५ ओभरमा मात्र एक विकेट गुमाउँदै लक्ष्य पूरा गरेको थियो ।

अब नेपालले सोमबार मलेसियासँग दोस्रो खेल खेल्नेछ । यस्तै, बैशाख ७ गते नेपालले नेदरल्यान्ड्ससँग तेस्रो खेल खेल्नेछ। 

प्रकाशित मिति: : 2021-04-17 17:06:00

प्रतिकृया दिनुहोस्