सिटीलाई पराजित गर्दै उपाधीको नजिक पुग्यो चेल्सी

एफए कप फुटबलमा चेल्सीले म्यानचेस्टर सिटीलाई पराजित गरेको छ।

शनिबार भएको खेलमा चेल्सीले सिटीलाई १-० को अन्तरले पराजित गरेको हो। 

यससँगै चेल्सी फाइनलमा प्रवेश गर्दै उपाधीको नजिक पुगेको छ। चेल्सीलाई जित दिलाउन हाकिम जिएचले निर्णायक गोल गरेका थिए।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। ५५ औं मिनेटमा जिएचले निर्णायक गोल गरे। चेल्सीले उपाधीको लागि लागि लेष्टर सिटी र साउथह्याम्पटनबीचको विजेतासँग खेल्दैछ।

फाइनल खेल आगामी मे १५ मा हुनेछ।

प्रकाशित मिति: : 2021-04-18 06:19:00

प्रतिकृया दिनुहोस्