चेल्सी र ब्राइटनकाे बराबरी

इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सी र ब्राइटन गोलरहित बराबरीमा रोकिएका छन्।

मंगलबार राति भएको खेलमा कसैले गोल गर्न सकेनन्। खेलको इन्जुरी समयमा ब्राइटन १० खेलाडीमा समेटिएको थियो।

ब्राइटनका बेन ह्वाइट दोहोरो पहेलो कार्डसहित रातो कार्ड पाएर मैदानबाट बाहिरिएका थिए।

चेल्सीले ३२ खेलमा ५५ अंक जोडेको छ। तर उक्त बराबरीसँगै चेल्सीले शीर्ष तीनमा उक्लने मौका गुमाएको छ।
 

प्रकाशित मिति: : 2021-04-21 08:00:00

प्रतिकृया दिनुहोस्