कोरोना भाइरस नेपाल: यसपालि सङ्क्रमणको अवस्था पोहोरभन्दा 'डरलाग्दो' हुनुका पाँच कारण

बिबिसी

काठमाडौं

सरकारी अधिकारीहरू र जनस्वास्थ्यविद्हरूले नेपालमा अहिले देखिएको कोरोनाभाइरस सङ्क्रमणको अवस्था "गत वर्षको तुलनामा निकै खतरनाक तहमा रहेको" भन्दै थप सावधान हुन नागरिकहरूलाई आह्वान गरेका छन्।

उनीहरूका भनाइमा यसपालि कोरोनाभाइरस सङ्क्रमण र त्यसबाट हुन सक्ने जोखिम पोहोरको तुलनामा निकै उच्च देखिन्छ।

कोरोनाभाइरसको नयाँ प्रकार फैलिन थालेको तथा सङ्क्रमणको जोखिमलाई गम्भीर रूपमा नलिने प्रवृत्ति पनि त्यसका लागि जिम्मेवार देखिएको उनीहरूको भनाइ छ।

जोखिम कम गर्न अधिकारीहरूले जनस्वास्थ्यका लागि तोकिएका मापदण्डहरू पालन गर्न आग्रह गरिरहेका छन्।

तर कतिपय जनस्वास्थ्यविद्हरू मापदण्ड पालन गराउन र जोखिम न्यूनीकरणका लागि सरकारी निकायहरूको भूमिका कमजोर भएको भन्दै प्रश्न उठाउँछन्।

प्रकाशित मिति: : 2021-04-21 17:45:00

प्रतिकृया दिनुहोस्