त्रिकोणात्मक टी–२० क्रिकेट सिरिज अन्तर्गत जारी फाइनल खेलमा नेपालले नेदरल्याण्ड्सलाई २ सय ३९ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ।
त्रिवि क्रिकेट मैदानमा पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर २ सय ३८ रन बनाएको हो।
विपक्षी टिमलाई नेपालले दिएको यो कीर्तिमानी लक्ष्य हो। यसअघि टी–२० अन्तर्राष्ट्रियमा नेपालले १३ औं सागमा भुटानविरुद्ध जोडेको २ सय ३६ रनपछिको सर्वाधिक रन हो।
नेपाललका लागि कुशल भुर्तेल र कुशल मल्लले अर्धशतकीय इनिङ्स खेले। भुर्तेलले ७७ तथा मल्लले ५० रन को बनाए। कप्तान ज्ञानेन्द्र मल्ल ३३ तथा आसिफ शेख १६ रन बनाएर आउट भए। दीपेन्द्रसिंह ऐरीले ४४ रन जोडे।
नेदरल्याण्ड्सका फिलिप्पे बोइसेविन २ विकेट लिए।